यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु, पहिलो ओभरमै आशिफ शेख आउट

काठमाडौं, २ चैत । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जवाफी ब्याटिङ सुृरु गरेको हो । पहिलो ओभरको तेस्रो बलमै नेपालले विकेट गुमाएको छ । पहिलो ओभरको चार बलको खेल सकिँदा १ विकेट गुमाएर नेपालले १ रन जोडेको छ ।

यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको हो । यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए ।नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।