कंगनाको दाबी- विकिपिडियालाई वामपन्थीले नियन्त्रणमा लिए

मुम्बई, २ चैत । अभिनेत्री कंगना रनावतले सूचनामा आधारित वेबसाइट विकिपीडियालाई वामपन्थीले पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेकी छन् । उनको बारेमा विकिपीडियामा दिइएको जानकारी गलत देखिएपछि उनले यो दाबी गरेकी हुन् ।

उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो जन्मदिनलाई विकिपीडियाले गलत मिति लेखेको उल्लेख गरेकी छन् । ‘मेरो जन्मदिन २३ मार्चमा हो जबकी वेबसाइटमा २० मार्च लेखिएको छ’, उनले लेखेकी छन्, ‘विकिपीडियालाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । मेरो बारेमा अधिकांश जानकारी जस्तै मेरो जन्मदिन, वा उचाइ वा पृष्ठभूमि पूर्ण रुपमा गलत छ । हामीले जसलाई जति नै सुधारे पनि फेरि त्यस्तै हुन्छ ।’

उनले कैयौं रेडियो च्यानल, फ्यान क्लब र शुभचिन्तकले आफूलाई २० मार्चको जन्मदिनको बधाई पठाउन सुरु गरिसकेको जानकारी दिएकी छन् ।कामको कुरा गर्दा कंगनाले फिल्म ‘चन्द्रमुखी २’को सुटिङ पुरा गरेकी छन् । उनीसँग ‘इमरजेन्सी’, ‘तेजस’, ‘मणिकर्णिका रिटन्सर्ः द लीजेन्ड अफ दिदा’ र ‘द अवतारः सीता’ जस्ता फिल्म पनि छन् ।