अष्ट्रेलियाबाट झलक पुनले ल्याएको ‘डाँडै पिपल’को चर्चा, सुधिर र आरुषीको रोमान्टिक अभिनय रुचाइयो

काठमाडौँ । गायक झलक पुनको डाँडै पिपल बोलको गीतको भिडियो रिलिज भएको छ । गायक झलक र गायिका समिक्षा अधिकारीको स्वरमा तयार डाँडै पिपलमा पछिल्लो समयका चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ । लोक शैलीमा तयार पारिएको छमछम नचाउने डाँडै पिपलको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।

भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र आरुषी मगरको बेजोड अभिनय देख्न सकिन्छ । लोक शैलीको रोमान्टिक डाँडै पिपललमा एक जोडीको सफल प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा तयार पारेका छन् । भिडियोमा प्रेमीलाई गर्मी हुँदा प्रेमीकाले शितलता दिने र प्रेमीकालाई घाम हुँदा प्रेमीले चर्को घाम सहने कुरा रोमान्टिक लाग्छ । जसमा सुधिर आरुषी गज्जबसँग खुलेका छन् ।

म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा राजधानी काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा रहेका छन् । उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो गायक झलक पुनको आफ्नै अफिसियल युट्युब च्यानल झलक पुनबाट रिलिज गरिएको हो ।