नायिका नीता ढुंगाना गर्भवती भएको हल्ला फैलिएपछि

काठमाडौं – आफु गर्भवती भएको हल्ला फैलिएपछि नायिकानीता ढुंगाना प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी छन् । म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीताले असन्तुष्टि जनाउदै उनले प्रेस काउन्सिलको ध्यानाकर्षणगराएकी हुन् ।

केही दिनअघि आफू अभिनित म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नीताले आफूले जन्माएका सिर्जना सन्तानजस्तै लाग्ने अभिव्यक्ति दिएकी थिइन् । फिल्म वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई वास्तविक जस्तो बनाइदिएपछि यसले बास्तबिक जीबनमा असर गरेको उनले बताउछिन् ।

यस्तो प्रचलनप्रति आफ्नो घोर भन्र्सना भएको उनले उल्लखे गरेकी छन् । उनले लेखेकी छन् मेरो जीवनमा यसले नकारात्मक प्रभाव परेको छ । यस क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’ नीता पछिल्लो समय फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनमा व्यस्त छन् । म्युजिक भिडि‌ओको कुरालाई आफ्नो व्यक्तिगत जीवनसँग जोडेको भन्दै नायिका नीता ढुंगानाले आफ्नो सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी हुन उनले लेखेकी छन् –

कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ। विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आशय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन। यस्ता क्रियाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ।

यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ। बिहिबार मात्र म अभिनित ‘मरिहत्ते’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो। तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेका छन, जुन आपत्तिजनक छ। मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ। यस्ता क्रियाकलाप प्रती प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु। धन्यवाद ।