नवनिर्वाचित उपराष्ट्रपति यादवको सपथ आज

काठमाडौं, ६ चैत । आज नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिदैछन् ।उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने बिशेष समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने छन् ।

बारा– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले हिजो अर्थात आइतबार नै सांसद र जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टीको सबै  जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफु उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा–२ को निर्वचान क्षेत्र रिक्त रहेकाे  जानकारी पनि गराईसकेका छन ।गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए।