अखिल र अखिल क्रान्तिकारीका प्यानलाई हराउँदै पदमकन्यामा नेबिसंघ बिजयी

काठमाडौं, ६ चैत । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन् ।

नेकपा एमाले निकट अखिल र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानललाई हराउँदै नेबिसंघकी पनेरु बिजयी हुन् । उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।