ललितपुरले लियो ‘महाराज’ नामक पाटेबाघको बार्षिक आहाराको जिम्मा

काठमाडौं, ६ चैत  । सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको आहार व्यवस्थापनको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिएको छ ।महानगर प्रमुख चिरीबाबु महर्जनले पाटेबाघको आहार व्यवस्थापनका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । आइतबार महानगर र सदर चिडियाखाना जावलाखेलबीच समझदारी पत्रमा हस्ताक्षर गरी सो चेक हस्तान्तरण गरेका छन् ।

 

महानगरले ५ वटा मध्ये ‘महाराजा’ नामक पाटेबाघको आहार ब्यवस्थापनको जिम्मा लिएको हो, जसलाई दैनिक ६ केजी मासु व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसअघि पनि महानगरले कोभिड–१९ संक्रमण अवधिमा वन्यजन्तु तथा पन्छीको आहार व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

सदर चिडियाखानामा रहेका ५ सय भन्दा बढी जनावर तथा पन्छीको आहार ब्यवस्थापनमा वार्षिक करिब ४ करोड रुपैयाँ खर्च लाग्ने चिडियाखाना प्रशासनले जनाएको छ ।