भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ?

काठमाडौं, ८ चैत । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको बिषयमा आपत्ति जनाएका छन । गत मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो, सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन ।

‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ? यस्तो कुबुध्दि कसले सिकायो ?’ रावलले टविट गर्दै भनेका छन ।