१२०० रुपैयाँ बढ्यो सुनकाे भाउ

काठमाडौं, ९ चैत । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार बढेको हो।

यता, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार २५ रुपैयाँले बढेर  चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।