साना किसान लघुवित्तकाे साधारणसभा आज, के के छन् प्रस्ताव ?

काठमाडौं, १० चैत । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज शुक्रबार बस्दैछ । लघुवित्तको सञ्चालक समितिको बैठकले २७.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । संस्थाको कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

त्यस्तै सभाले आरएमडिसी लघुवित्तसंग १००ः८७ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । उक्त आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि सभामा पारित गर्नेछ ।साथै लेखापरीक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेस हुने छन् । सभा आज कृषि विकास बैंक केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ बजेदेखि सुरु हुनेछ ।