एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त

काठमाडौं, १० चैत । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेष घलेलाई सञ्चालक समितिको नयाँ अध्यक्ष पदमा नियुक्त गरेको छ ।कम्पनीको अध्यक्ष पदमा यसअघि जीवनाथ लामिछाने बहाल थिए । लामिछानेले उक्त पदबाट दिएको राजीनामा स्वीकृत भएपछि रिक्त पदमा घलेलाई नियुक्त गरिएको हो ।

कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले नयाँ अध्यक्ष पदमा घलेलाई नियुक्त गरेको हो ।