झुट बोल्न निकै सिपालु रहेछन अभिनेता विपिन कार्की, हेर्नुहोस् उनले बोलेका झुटहरु

काठमाडौँ । अभिनेता विपिन कार्कीले निकै विचार गरेर, धेरै पटक सोचेर निर्णय गर्ने गरेको बताउँदै आएका छन् । तर उनी कतिपय अवस्थामा भने आँफु पटक पटक चुक्दै गइरहेका छन् । जसमध्ये उनको प्रर्दशनको तयारीमा रहेको फिल्म प्रसाद २ एउटा ज्वलन्त उदाहरण हो ।

विपिनले निर्माताको कारण देखाउँदै फ्लोरमा गइसकेको छायाङ्कनको काम रोकेर काठमाडौँ फर्किए र दोहोर्याएर सो चलचित्रमा काम नगर्ने सार्वजनिक रुपमा नै अभिव्यक्ति दिए । तर उनी पछि फेरी सोही फिल्ममा जोडिए । त्यसअघि उनी भारतीय एक फिल्ममा अनुबन्ध हुँदा समय नपाएको भन्दै निकै कसिलो कुरा गरेका विपिन जब भारतीय फिल्मले सरी भने लगत्तै नायिका पनि फेरिइसकेको अवस्थमा खेल्दिन भनेको फिल्ममा काम गर्न राजी भए ।

निर्देशक सुदर्शन थापाको काम गर्ने शैलीप्रति पनि कार्कीको विमति थियो । सुरुमा विपिनले प्रसाद २ मा काम नगर्ने बताएसँगै नायिका नम्रता श्रेष्ठले पनि फिल्ममा अभिनय नगर्ने बताइन्। नम्रता आफ्नो निर्णयमा अडिग रहिन्। तर विपिन अडिन सकेनन्। अभिनेत्री बदलिएर केकी आउँदा पनि उनी राजी हुनुको कारण बलिउड फिल्म एनिमलले सरी भन्नु थियो ?

एनिमल यूनिटले पटक पटक उनलाई भारतमा बोलाएर पनि लिन राजी नभएपछि विपिनले यता सत्य कुरा बोल्न डराएर पहिला खेल्दीन भनेका फिल्महरुमा धमाधम काम सुरु गरेका हुन् । जुन कुरालाई विपिनले नढाँटी आफ्ना दर्शकहरुलाई निर्धक्क भनेको भए अझै राम्रो हुने थियो ।