अमेरिकी डलरको भाउ बढ्दा युरो घट्यो

काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसामा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारको तुलनामा ३२ पैसाले बढेको हो ।

शुक्रबार उक्त डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ९३ पैसा तोकिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोको एक रुपैयाँ पाँच पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा बायम गरिएको छ।

शुक्रबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ८ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९६ रुपैयाँ एक पैसा पाइन्छ।यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा तोकेको छ ।

आइतबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसा पाइन्छ।कुवेती दिनार एकको खरिदमा आज ४३० रुपैयाँ १९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ७७ पैसा तोकिएको छ।