परिभाषा लिएर आए नबिनले

काठमाडौँ । नबिन बिश्वकर्मा गायन क्षेत्रमा संघर्षशिल एक नाम हो । परदेशमा बसेर पनि नबिन निरन्तर रुपमा नेपाली गीत संगीतमा लागि रहेका छन् । स्थायी घर दाङको तुलसीपुर रहे पनि उनि रोजगारीको सिलसिलमा कोरियामा रहेका छन् । २० बर्षकै कलिलो उमेरमा कोरिया गएता पनि उनि निरन्तर गीतहरु सिर्जना गरिरहेका छन् ।

उनले भर्खरै परिभाषा बोलको लिरिकल गीत सार्वजनिक गरेका छन् । यस गीतको शब्द सिर्जना र संगीत नबिन आफैले भरेका छन् । उनको यो गीत आफ्नै अफिसियल युटुब च्यानल नबिन बिश्वकर्मा बाट सार्वजनिक गरिएको छ । उनले यस बाहेक दर्जनौ गीतहरु सिर्जना गरिसकेका छन् भने आफ्नो सुमधुर आवाजलाई गीतको माध्यमबाट दर्शक तथा स्रोता माझ प्रस्तुत गर्दै आईरहेका छन् ।

बहुमुखी प्रतिभाका धनी नबिनका तिलश्मि , सुनकेशरी , आभाष, यादमा लगायतका गीतहरु रहेका छन् । उनका धेरै जसो गीतहरु युवा प्रेमका बारेमा रहेका छन् ।