सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन

काठमाडौं, १४ चैत । एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामावली पेस गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ । मंगलबार आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली सचिवालयमा पेस गर्न अध्यक्ष नेतृत्वको तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको हो । 

एकीकृत समाजवादीले कार्यदलले मन्त्रीको हुनेको नामसहितको प्रस्ताव पेस गरेपछि मात्र सरकारमा सहभागी हुने व्यक्ति टुंग्याउने भएको हो ।
साथै बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूको आन्दोलनप्रति बैठकले ऐक्यबद्धता जनाएको छ ।

बैठकले उनीहरुरुको माग तत्काल सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न पनि माग गरेको छ । पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।