माओवादी त्याग्दै शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश

काठमाडौं, १५ चैत । माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् ।  काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । साथै उनी जनमत पार्टीमा प्रवेश गरेका छन् । माओवादी परित्यागसँगै उनी जनमतमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर समाप्त पार्ने षड्यन्त्र भएकाले जनमतमा प्रवेश गरेको कुश्वाहको भनाइ छ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरल उनी पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा  आगामी १० वैशाखमा  हुने  उपनिर्वाचनमा कुशवाहाले उम्मेदवारी दिने तयारी गरेका छन् ।