मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १६ चैत । मोदी ईनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित पर्वत जिल्लाअन्तर्गत कुश्मा नगरपालिका ३, मोदी गाउँपालिका ५, मोदी नगरपालिका २, मोदी गाउँपालिका ६ र कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि उक्त आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको थियो ।आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।