‘केबल तिमी हौ’मा सागर खनालको कमालको अभिनय, भिडियोको चर्चा

काठमाडौँ । केबल तिमी हौ बोलको गीतको भिडियो रिलिज गरिएको छोटो समयमा नै यसले राम्रो चर्चा बटुलीरहेको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई १ लाख २२ हजार बढी दर्शंकले हेरिसकेका छन् ।

गायक विशाल निरौला र प्रेक्षा लम्सालको स्वर रहेको गीतमा विशाल निरौलाकै शब्द तथा संगीतमा तयार भएको प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतमा चकलेटी मोडल तथा नायक सागर खनालको अभिनय रहेको छ भने अभिनयमा सुन्दरी रुषाले सागरलाई साथ दिएकी छिन् ।

पछिल्ला दिनमा सागरले एकपछि अर्को गर्दै राम्रा राम्रा भिडियोमा काम गरिरहेका बेला केवल तिमीलाईबाट आँफु सन्तुष्ट रहेको सागर बताउँछन् । वैँशालु उमेरमा प्रेममा परेको एक रोमान्टिक जोडीले जुनी जुनी सँगै बाँच्ने वाचा कसम खाएको दृश्यलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

उत्सब दाहालले छायांकन गरेको सार्वजनिक भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । पेशाले इञ्जिनियर समेत रहेका गायक सुनिल दवाडीको निर्माणमा तयार भिडियो सुनिल दवाडीको अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक दवाडीको केही समय अघि मात्रै बजारमा आएको बाह्र टक्काले राम्रो चर्चा बटुलेको थियो ।