११ हजार फिट उचाइमा उडिरहेको जहाजको ककपिटमा एक्कासी विशाल सर्प देखिएपछि

सर्पले टोकेमा तत्कालै उपचार नपाए जोकोहीको ज्यानै जान सक्ने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्था नआओस् भनेर दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण गर्दै सुरक्षीत अवतरण गर्न सफल भए । जुन जहाज ११ हजार फिट उचाइमा उडिरहेको बेला जहाजको ककपिटमा सर्प देखिएको हो ।

रोचक कुरा त के भने यो सर्प यात्रुहरु भएको स्थानमा नभई विमानलाई हाँकिरहेका पाइलटको सिटमुनि घुमिरहेको थियो। पाइलटकै शरीरमा सुरुमा लुटपुटिएको उक्त सर्प पछि खुट्टा पट्टी गएपछि पाइलट केही डराउन पुगे । कारण सुरुमा उनले चिसो चिसो महशुस मात्रै गरे तर पछि सर्प नै भएको ठम्याए पनि उनमा पनि केही चिसो पस्न थाल्यो ।

तर उनले यो संवेदनशिल समयलाई बुझेर काम गर्दै विमानलाई आकस्मिक रुपमा अवतरण गराए । सिट भित्र आफ्नो टाउको राख्न खोजिरहेको कोब्रालाई देखेपछि आकस्मिक अवतरण गराए । उक्त सर्पले टोकेको भए र ३० मिनेट भित्र अस्पताल पुग्न नसके मानिसको ज्यानै जान सक्थ्यो । रोचक कुरा त के भने ति पाइलटले आफ्नै शरीरमा सर्प हिँडिरहेको अवस्थामा पनि यो कुरा यात्रुलाई जानकारी दिए ।

यसबीचमा उनी निकै डराएको भएता पनि सर्प पछाडि सरेर बाँकी यात्रुमा त्रास फैलिन सक्छ भन्ने उनलाई डर हुँदा हुँदै पनि उनले संयमता अपनाउँदै यात्रुहरूलाई यसको बारेमा बताए । उनले सर्प मेरो सिट मुटी छ भन्दै माइकिगं गर्दै भने सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ।

त्यसैले जतिसक्दो छिटो जहाज अवतरण गर्ने प्रयास गरौं । ति कुशल पइलटले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराए । अनुसन्धानका क्रममा उक्त सर्प जहाज उड्नु अघि नै देखिएको र नियन्त्रणमा लिने कोशिस गरेको भएता पनि नभेटिएपछि भागेको अनुमानका आधारमा जहाज उडाइएको रहस्य बाहिर आयो । विमानलाई सकुशल अवतरण गर्न सफल भएकोमा दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागले उनको प्रशंसा गरेको छ ।