भावनाको ‘उडी उडी आ सुवा’मा शिल्पा र चक्र बम

काठमाडौं, २४ चैत ।  गायिका  भावना आचार्य र गायक तथा  ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘उडी उडी आ सुवा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुव बिस्कोको संगीत रहेको छ भने नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । जसमा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ ।

प्रेम र रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय रहेको छ ।राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन र कलरिङ मिन विश्वकर्माले गरेका हुन् । भिडियो इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।