सुरेन्द्र चौधरीले त्यागे नागरिक उन्मुक्ति पार्टी

दाङ-नागरिक उन्मुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका नेता सुरेन्द्र चौधरीले सो पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।पार्टीको राजनीतिक संवाद् समितिका संयोजकको जिम्मेवारीमा रहेका सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टीको बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आज शुक्रबार आफूले पार्टी परित्याग गरेको घोषणा गरे ।
टीकापुर घटनामा पीडित बनेकाहरुलाई न्याय दिनुको साटो उल्टो परिवारवाद लाद्न खोजेको भन्दै उनले पार्टीबाट अलगत भएको बताए ।