नेपाल राष्ट्रिय तिरुवा विकाश प्रतिष्ठानको दोस्रो राष्ट्रिय भेला नेपालगजंमा बस्ने

काठमाडौँ । देश विदेशमा छरिएर रहेका तिरुवा जाती बन्धुहरुको साझा संगठन नेपाल राष्ट्रिय तिरुवा विकाश प्रतिष्ठानको दोस्रो राष्ट्रिय भेला तय गरिएको छ ।

दोस्रो राष्ट्रिय भेला बाँकेको नेपालगजंमा बस्ने निर्णय गरिएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सहवीर बिके तिरुवाले जानकारी दिए । अध्यक्ष तिरुवाका अनुसार भेला तिरुवा जातीको ईतिहासमा पहिलो पटक बंशावली प्रकाशनका लागि संकलीत सूचनाद्धारा तयार गरिएको हो ।

जसमा तिरुवा जातीको वंशावली पुस्तक, प्रगती प्रतिवेदनहरु भावी योजनाहरु लगायत विविध एजेण्डाहरु भेलामा छलफल गरिने प्रतिष्ठानद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त भेलाले छलफलपछि राष्ट्रिय भेला २०८० हलमा पेश गरि टुंगो लगाउने महत्वपूर्ण कार्यक्रम रहेको हुँदा देश विदेशमा रहेका यससँग सम्बन्धित सबैमा अनिवार्यरुपमा सम्पर्क गर्न समेत प्रतिष्ठानले अपिल गरेको छ । भेलासम्बन्धी थप जानकारीका लागि पढ्नुहोस् प्रतिष्ठानद्धारा जारी गरिएको विज्ञप्ति