गुण्डा नाइके चक्रे मिलनका बडी गार्ड समातिए

काठमाडौं। गुण्डा नाइके चक्रे मिलनका सहयोगी ९बडी गार्ड० पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडी गार्ड गणेश बोगटी रहेका छन् । हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई मंगलबार साँझ नियन्त्रणमा लिएको जनाएको हो ।

टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको जनाएको थियो। सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए।भिडिओमा चक्रेसँगै अन्य १०र१२ जना युवक देखिएपनि बोगटीले हतियार सहित सुरक्षा दिएका थिए