रास्काेट नगरपालिका का मेयरले दिए नागरीककाे नाममा शुभकामना सन्देश

रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही पोषण ले नगरपालिका वासीको सुख, समृद्धी, उन्नती र उत्तोर उत्तर प्रगतिका लागी सामाजिक संजाल फेसवुक मार्फत नयाँ वर्ष २०८० सालको शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले समाजिक संंजाल फेसवुक मार्फत सम्पेषण गरीएको सन्देशको पुर्ण पाठ ।
💐💐२०७९ लाई विदाई संगसंगै २०८० लाई स्वागत 🌷🌷
अनि वर्ष हरुका आफ्नै महत्त्व छन।
मेरा जीवन कालखण्डका वर्ष हरुमा
#मलाई मेरा मुवा र वुवा ले धर्तिमा पाइला टिकाएकाे वर्ष (!)
#मलाई मृत्यु र मुक्ति काे यात्रा तय गरेको वर्ष (!!)
#मलाई रास्काेटवासिले जनादेश दिएकाे वर्ष (!!!)
यस्तै – यस्तै वर्ष हरु मेरो जिन्दगीको ईतिहाँसकाे पानामा लेखिनेछन । Bye – Bye मेराे प्रिय वर्ष …२०७९…
नयाँ बर्ष २०८० को उपलक्ष्यमा रास्कोटबासी तथा सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वि.स. २०७९ सालले मलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । यस अर्थमा २०७९ साल मेरो लागि विशेष रह्यो । समग्रमा पछिल्लो दश बर्ष (२०६९-२०७९) मेरो जीवनको टर्किङ टाइम बन्यो । राजनीतिक रुपमा निरन्तर अप्रत्याशित तर जोखिमपूर्ण जिम्मेवारी बहन गर्नपर्ने स्थिति सिर्जना भैरह्यो । हामी जनयुद्धमा लाग्दै गर्दै हामीसँग कुनै व्यक्तिगत आकांक्षा, सपनाहरू थिएनन् । समाज रुपान्तरणको एक सुत्रीय नारा र नेतृत्वको एउटा कासन नै हाम्रो मार्गदर्शन थियो । तर आज समय बदलिएको छ मान्छेहरू व्यक्तिगत जीवन तिर फर्किनुपरेको छ । यसको समग्र समिक्षा इतिहासले गर्ने नै छ । तथापि मैले समयले सुम्पिएको अभिभारा पूरा गर्दा व्यक्तिगत चाहना भन्दा सामुहिक हित र सामुहिक स्वार्थमा केन्द्रित रहेर काम गर्ने कोसिस गर्दै आएको छु । २०७९ सालले मलाई रास्कोट नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी सहित रास्कोटबासी जनताको सेवा गर्ने अभुतपुर्व अवसर प्रदान गरेको छ । यसको पछाडी मेरो आफ्नो निरन्तरको संघर्ष, बलिदान र लगानी पनि छ, त्यो भन्दा बढी रास्कोटबासी जनता तथा पार्टी नेतृत्व र नेताकार्यकर्ताको म प्रतिको विश्वास र अपेक्षाले काम गरेको छ जस्तो लाग्छ । कठिन परिस्थितिमा समेत मलाई सहयोग गर्ने, सल्लाह सुझाव दिने, ढाडस दिने अग्रजहरु, शुभेच्छुक अनि अमुल्य मतदान गर्ने मतदातालाई बिर्सेने छैन, सकेको राम्रो काम गर्नेछु । एकातिर जनअपेक्षाको अग्लो चाङ छ अर्कोतिर श्रेात साधनको सिमितता छ, यी दुवै कुराको सन्तुलन कायम गर्ने अधिकतम कोसिस गर्नेछु । अन्तमा, विगतका बर्षहरुमा जस्तै आगामी दिनहरुमा पनि यहाँहरुको अमुल्य सुझाव, साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेको छु । एउटा भनाइ छ- ‘ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।’ फेरि पनि सबै जनालाई नयाँ बर्ष २०८० को हार्दिक शुभकामना 🙏