ब्रेक फेल भएर अनियन्त्रित बनेको बसबाट फदाल्दा ३० वर्षीया यमिको मृत्यु

दाङ – दाङमा बसबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।ब्रेक फेल भएर अनियन्त्रित बनेको बसबाट हाम फाल्दा बंगलाचुली गाउँपालिका( ६ लापे ३० वर्षीया यमि घर्ती मगरको मृत्यु भएको हो ।

घोराही-लमही सडकखण्डमा शनिबार दिउँसो १ बजे ना ४ ख ६९५० नम्बरको बस मुसोटको घुम्ती नजिकै ब्रेक फेल अनियन्त्रित भएको थियो । सो क्रममा बसबाट हाम फाल्दा घाइते भएकी मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा बसमा सवार मृतकको ५ वर्षीय छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका( २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् । घाइतेहरु लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।