लामखट्टेले दुःख दियो ? लामखुट्टे भगाउन यो घरेलु उपाय अपनाउनुहोस्

काठमाडौं, ५ बैशाख । गर्मी मौसममा यदि कसैलाई रातको निद्रामा बाधा पुग्छ भने त्यो विषालु लामखुट्टे नै हो ।हात, खुट्टा र अनुहार टोकेर यसले हैरान मात्रै बनाउँदैन, बिभिन्न रोगहरु पनि निम्त्याउँछ । तिनीहरुलाई मारेर धपाउनका लागि कुण्डल बाल्नमा रातभरी बित्छ । जसका कारण दिनभर आँखामा थकान र निद्रा लाग्ने गर्छ, जसले काममा नराम्रो असर पार्छ ।

तर, अब तपाई यसबाट छुटकारा पाउनुहुनेछ किनभने यहाँ हामी एउटा यस्तो घरेलु उपाय तपाईलाई बताउनेछौं, जसले गर्दा लामखुट्टे हाम्रो वरपर पनि आउँदैन । जसका कारण सो बिद्यि अपनाएका कारण लामखुट्टेले तपाईको वरपर पनि आउने छैन भने तपाईको शरिरमा टोक्ने पनि छैन।

लामखुट्टे भगाउने घरेलु उपाय

लामखुट्टे भगाउन मानिसहरूले कीटनाशक छर्ने गर्छन । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले अब देखि यो घरेलु उपाय सिक्नुहोस् र अर्को पटक लामखुट्टे र झिंगा हटाउन प्रयोग गर्नुहोस्।

– नीमको सुख्खा पात ।
– तेज पत्ता
– लहसुन
– प्याज
– ल्वाङ
–कपूर

सबैभन्दा पहिले सुक्खा नीमको पातलाई राम्ररी कुचल्नुहोस्, त्यसपछि त्यसमा प्याज, लसुनको बोक्रा, ल्वाङ र कपूर मिसाएर ग्राइन्डरमा पिसेर राख्नुहोस्। त्यसपछि यो पाउडरलाई बक्समा राख्नुहोस् ।

कसरी प्रयोग गर्ने

यो धूलो हरेक साँझ माटोको दियोमा राख्नुहोस् र त्यसमा कपूरको टुक्रा राखेर उज्यालो गर्नुहोस्। यसको धुवाँ पुरै घरमा राम्रोसँग फैलिने ठाउँमा राख्नुहोस्, त्यसपछि हेर्नुहोस् कसरी घरबाट लामखुट्टे भाग्छन् ।

लामखुट्टेलाई यो पाउडर बनाउन प्रयोग गरिने सामग्रीको गन्ध मन पर्दैन, त्यसैले यो घरेलु उपाय तिनीहरूलाई हटाउन धेरै प्रभावकारी छ।