सुर्खेतमा सुरु कर्णाली प्रदेश स्तरिय युवा संजालको बैठक तथा अन्तरक्रिया कार्यक्रममा जे देखियो, तस्विरसहित

काठमाडौँ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननिय योगेन्द्र बहादुर शाहीले राजनिति दलहरु व्यक्तिगत र केही गुटगत स्वार्थ अनुसार लाग्दा सामाजिक कामहरुले राम्रो नतिजा ल्याउन नसकेको बताएका छन् । मंगलबार सुर्खेतमा भएको कर्णाली प्रदेश स्तरीय युवा संजालको बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले दिगो विकाशका लागि युवाहरुको भूीमका महत्वपूर्ण हुने कुरामा जोड दिँदै दिगो बिकास लक्ष्यमा पुग्न गुणस्तरी शिक्षा पहिलो आवश्कता रहेको बताए ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका शाहीले कर्णाली प्रदेश हरेक सम्भावना बोकेको एक प्रदेश भएको बताउदै जिविको पाजर्न ,जैबिक विबिदता संरक्षण लगाएत हरेक परिवर्तनका क्षेत्रमा युवाहरुको भूमिका अतुलनिय भएको उल्लेख गरे । सो अवसरमा बोल्दै कार्यक्रमका बिषेश अथिती गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज घनश्यम केसीले राजनिति अधिकारका लागि भन्दै युवालाई चुनाव र आन्दोलनसंग मात्र जोडेर हेर्न नहुने जिकिर गरे । केसीले कणाली जस्तो क्षेत्रका युवाहरुले आफ्नो समस्या अर्थात प्रदेशको बिषय बस्तु निर्धक्कका साथ राख्न सक्नु पर्ने आजको आवश्यकता भएको बताए ।

टि.डि.एच जर्मनीको आर्थिक सहयोग,मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालद्धारा सञ्चालित ग्रामिण हिमाली क्षेत्रमा दिगो जिजिकोपार्जन तथा जैविक विविधता संरक्षण (सुलभ) परियोजनाको आयोजनाका सुर्खेतको गोठीकाँडामा भएको प्रदेश स्तरीय युवा संञ्जलाको बैठक तथा अन्तरक्रिया कार्यक्रमको बारेमा जानकारी दिदै संस्थाका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले जैविक विविधताको संरक्षण र सम्बद्र्धन संगै जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गराउने जिम्मा युवाहरुकै हातमा रहेको बताए ।

सो अवसरमा गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष,हरि प्रसाद अधिकारी,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टाराई,हुरेन्डेक कालिकोटका कार्यक्रम निर्देशक भरतमणि सुवेदी, लेखा तथा प्रशासन अधिकृत प्रेम बहादुर शाही,शुलभ परियोजनाका परियोजना संयोजक सुमन ढकाल, प्रदेशका १० वटै जिल्लाका युवाहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम बिहिबार सम्म संचालन हुने आयोजकले जनाएको छ । नेपाल युवा सञ्जालका कर्णाली प्रदेश संयोजक तथा केन्द्रिय उपाध्यक्ष दिलिप कुमार शाहीको अध्यक्षतामा उद्धघाटन भएको सहजिकरण वुद्दि तमाङले गरेका थिए ।