शुक्रबार घट्याे अमेरिकी डलरको भाउ, युरोकाे भने बढयाे

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ शुक्रबार घटेको छ । बिहीबार ३० पैसाले वृद्धि भएको अमेरिकी डलर शुक्रबार १३ पैसाले घटेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । यसअघि बिहीबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८७ पैसा कायमम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो ४३ पैसाले बढेको छ । शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। बिहीबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।

शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४४ पैसा तोकिएको छ।