सन्दिप लामिछानेको मुद्धा न्यायधिस ढकालको इजालसमा, आजै फैसाला आउन सक्ने

काठमाडौं, ११ बैशाख । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ।काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसालका लागि न्यायधिस ढकालको इजालसमा पेशी ताेकिएकाे हो । पेशी चौथो नम्बरमा छ ।

नेपाली राष्ट्रिय क्रिकेटका पुर्व कप्तान लामिछानेको मुुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भए पछि आजै फैसाला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र  क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।

नाबालिग बलात्कारका मुद्धामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशवाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।