‘जाली परदेशी’मा गरिमा, उषा र नवराज

काठमाडौँ । गायक आलिफ खान र गायिका रचना रिमालको स्वर रहेको जाली परदेशी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम गरेर आफ्नी मायालुलाई धोका दिएर विदेश जान खोज्ने प्रेमीलाई मायालुले छाडेर जान नदिएको रमाइलो कथामा रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडियोमा पछिल्लो पुस्ता हिट सुन्दरी टिकटकरद्धय गरिमा शर्मा र उषा उप्रेतीको बेजोड अभिनय देख्न सकिन्छ ।

जसमा उषा र गरिमासँग नवराज न्यौपानेले अनस्क्रिन रोमान्स गरेका छन् ।नवराज न्यौपाने कै शब्द तथा राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज रहेको गीतको निर्मात्री निशा न्यौपाने हुन् ।

केशवराज भट्टको निर्देशनमा तयार भएको सार्वजनिक गीतको भिडियोको सम्पादन बन्दे प्रसादले गरेका हुन् भने भिडियोको छायांकन मन कृष्ण मर्हजनले गरेका हुन् । हेर्नुहोस् भिडियो