आमा बन्ने तयारीमा नायिका गरिमा पन्त

काठमाडौं -नायिका गरीमा पन्त दोश्रो सन्तानको आमा बन्ने भएकी छिन । उनले सामाजिक संजाल मार्फत आफुआमा बन्न लागेको कुरा जानकारी गराएका हुन् । पन्तले इन्स्टाग्राम मार्फत छोरी र श्रीमासँगको तस्बिर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी गराएकी हुन् ।

गरिमाले बिहीबार सार्वजनिक गरेको तस्बिरमा उनको ‘बेबी बम्प’ संगै क्याप्सनमा ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं, गतिशील समय प्रगतिशील बनोस सबैमा शुभकामना । ’’लेखेकी थिइन् ।

विगत लामो समयदेखि उनी श्रीमान र छोरीसँग बेल्जियममा बस्दै आएकी छन् । उनले बेला बेला छोरीसँगका तस्विर सामाजिक स)जालमा सेयर गरिरहन्छिन् ।