आज राती देखी जमुनाह नाका ७२ घन्टासम्म बन्द रहने

बाँके, १९ बैशाख । नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ ।भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज राती ७२ घन्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो । आगमी २१ बैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुदैँछ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज राती १२ बजे देखी २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ । सोमवार निर्वाचनकाे सुरक्षा प्रयोजनका लागि ७२ घन्टाका लागि सिमा नाका बन्द गर्ने बिषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो ।

खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार साे समयमा दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्तीसमेत गर्नेछन ।