उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिदैँ

काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् ।गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।

संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन्  ।
सोही उपनिर्वाचनवाट बिजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।