नेपाल प्रहरीका ६ क्रिकेट खेलाडीलाई प्रहरी महानिरिक्षकको सम्मान

काठमाडौं, २१ बैशाख । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन ।

एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका नेपाल प्रहरीका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् करण केसी र गुल्सन झालाई बिशेष समारोहका बिचमा सम्मान गरिएको हो  ।

खेलकुद समितिका अध्यक्षसमेत रहेका महानिरीक्षक कुँवरले नेपाली क्रिकेटलाई एसीयाली कपमा पु¥याउन योगदान गरेको भन्दै खेलाडीहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरेका हुन ।