चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद बेलायत उडे

काठमाडौं, २१ वैशाख । परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । उनी बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बेलायतमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिंघक दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको हो । परराष्ट्रमन्त्री साउद २६ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।