भारतको बेंगलोरमा रहेका तिरुवाले गरे आँफुले पढेको स्कुलका बिद्यार्थींलाई २ सय थान ड्रेस सहयोग

कालिकोट । कालिकोटका एक युवाले आँफुले अध्ययन गरेको बिद्यालयका छात्र छात्राहरुलाई स्कुल ड्रेस वितरण गरेर सहयोग गरेका छन् ।

रोजगारीको शिलशिलामा भारतको बेंगलोरमा रहँदै आएका रास्कोट नगरपालिका वडा नम्बर ९ का टक्क तिरूवाले करिब २ सय थान ड्रेस आफ्ना बाबु काँसे तिरुवाको हातबाट श्री सरस्वती आधार भुत बिद्यालयका प्रधानाध्यापक नन्दा किष्न बराल,सम्पूर्ण शिक्षक र स्थानीयको सहभागितामा हस्तान्तरण गरेका हुन् ।

तिरुवाले उक्त ड्रेस कक्षा १ देखि कक्षा ५ सम्मका छात्र छात्राहरुलाई वितरण गरेका हुन् । तिरुवाले भोलीका दिनमा पनि आँफुले यस्तै किसिमका सामाजिक कामहरुलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।