रास्कोट नगर प्रहरी जवानलाइ आधारभूत तालिम दोस्रो समूहको दिक्षान्त समारोहमा जे देखियो

काठमाडौँ । रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीको प्रमुख आथित्यता नगर उप प्रमुख मनिराज बरालको बिसेस आतिथ्यतामा रास्कोट नगर प्रहरी जवानलाइ आधारभूत तालिम दोस्रो समूहको दिक्षान्त समारोह सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख शाहीले नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई दिएको बताए । उनले पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्न दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई प्रशंसा समेत गरे ।

त्यस्तै नगर उप(प्रमुख मनिराज बरालले संबिधान र स्थानीय सरकार संचालन ऐन अनुसार नै रास्कोट नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको जानकारी दिए । यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले नगर पालिकाले आवासिय सुविधासहित नगर प्रहरीलाई यसखालको तालिम दिनु नमुना योग्य भएको भन्दै प्रंशसा व्यक्त गरे ।

समारोहमा रास्कोट नगरपालिकाका प्रशासकिय अधिकृत जवान सिंह बमले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथीलाई स्वागत मन्तब्य ज्ञापन गरि दीक्षित भई जाने प्रशिक्षार्थी नगर प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गरे ।