कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पुर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थीतिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथी प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।