कृषि क्षेत्रको समस्या समाधान गर्न कृषि ऐन बनाइँदै : मन्त्री भुुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म नेपालमा कृषि ऐन नै बनाएको भन्दै यस क्षेत्रको समस्या समाधानमा कृषि ऐन बनाउन आवश्यक रहेको बताएका हुन् ।

कृषि ऐन बनाउन मन्त्रालयले मस्यौदा तयार पारिरहेको जानकारी दिँदै उनल कृषि क्षेत्रलाई यन्त्रीकरणमा गएर उत्पादन वृद्धि गर्नुपर्ने बताए । जनशक्तिको अभावका कारण ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको र तराई क्षेत्रका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिंचाईको सुविधा नहुँदा उत्पादनमा वृद्धि हुन नसकेको मन्त्री भुसालको भनाइ छ ।