युवा अवस्थामै कपाल फुल्ने यो हो कारण !

आजको समयमा बदलिँदो जीवनशैली, खानपान र आनुवंशिक कारणले कम उमेरमै कपाल सेतो हुन थालेको छ । २५ देखि ३० वर्षका युवालाई पनि यो समस्याको सामना गर्नु पर्ने हुँदा उनीहरुमा लज्जा र आत्मविश्वासको कमी प्रष्ट देखिन्छ । आउनुहोस् जानौं त्यो के हो, जसको अभावमा कपाल समय अगावै पाक्न थाल्छ । आज हामी तपाईहरुलाई यसका बारेमा पुर्ण जानकारी दिदैछौ ।

कपाल फुल्ने कसरी रोक्ने ?

सानै उमेरमा कपाल सेतो हुने एकभन्दा बढी कारण भए पनि भिटामिन सीको कमी भएमा यो समस्या आउन सक्छ । यो पौष्टिक तत्वलाई एस्कर्बिक एसिड पनि भनिन्छ, जसले कपाललाई सुख्खा हुनबाट मात्र रोक्दैन, कपाल झर्ने समस्यालाई पनि हटाउँछ।

भिटामिन सी को कमी हुनु हुँदैन

भिटामिन सीले कोलाजेन उत्पादन गर्न मद्दत गर्छ जसले कपाल फुल्नबाट रोक्छ। यसका साथै कपाल बलियो हुनुका साथै सुख्खापन पनि हट्छ । यही कारणले गर्दा स्वास्थ्य विशेषज्ञहरूले कपालको राम्रो वृद्धिका लागि भिटामिन सी युक्त खानेकुरा खाने सल्लाह दिन्छन्।

भिटामिन सी धेरै प्रकारका फलफूल र तरकारीहरूमा पाइन्छ। हरेक दिन करिब ४ ग्राम यी पौष्टिक तत्वको सेवन गर्नुभयो भने टाउकोको रक्तसञ्चार राम्रो हुन्छ, जसका कारण कपालको सबै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यी चीजहरूमा भिटामिन सी पाईन्छ

भिटामिन सी प्राप्त गर्नका लागि सुन्तला, ग्रेपफ्रुट, अमरुद, जामुन र मेवा जस्ता फलफूलको सेवन गर्नुपर्छ । तरकारीको कुरा गर्दा बन्दागोभी, ब्रोकाउली, पालक र टमाटर खाँदा धेरै फाइदा हुन्छ । कपालमा पोषणको कमी हुन नदिनुहोस् यी कुरा याद गर्नुहोस्।