आफ्नो हरेक फिल्ममा स्टन्ट गर्न रुचाउँछन् अक्षय

बलिउड अभिनेता अक्षय कुमारको फाईट सीन आज पनि हिट हुने गरेका छन् । उनि बलिउडमा सबैभन्दा मनपर्ने कलाकार मध्ये एक हुन् । उनको फिल्म आउने बित्तिकै सुपरहिट हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने अक्षय कुमारले एक वर्षमा कम्तीमा ४ वटा फिल्म गर्छन् । उनको उर्जाको रहस्य उनको दिनचर्या हो, जसलाई उनले पालन गर्न कहिल्यै बिर्सदैनन् ।

अक्षय आफै पनि आफ्नो हरेक फिल्ममा स्टन्ट गर्न रुचाउँछन् । त्यसपछि झगडाको दृश्य जस्तोसुकै होस्, उनी पछि हट्दैनन्। अक्षय कुमारको पहिलो डेब्यु फिल्ममा नै उनले रामधुलाई खाएका थिए । उनको अनुहारमा थुप्रै मुक्का प्रहार भएको थियो । अभिनेतालाई यति कडा प्रहार भयो कि उनको अनुहार पुरै रातो भएको थियो ।

अक्षय कुमार तेक्वान्दोमा ब्ल्याक बेल्ट र मार्शल आर्ट खेलेका थिए । तर उनलाई हिरोइनले यति नराम्रोसँग कुटिनकी उनको अनुहार खुनले लतपतिएको थियो । अक्षय कुमारको पहिलो फिल्मको नाम ‘आज रहेको थियो । यो फिल्ममा अक्कीको भूमिका केही सेकेन्डको मात्रै थियो । यस फिल्ममा अक्षय कुमारलाई एउटा मात्र दृश्यका लागि साइन गरिएको थियो ।

यो दृश्यमा उनले फिल्मकी नायिकासँग कुटपिट गर्नुपरेको थियो । अक्षय भित्र पस्ने बित्तिकै नायिकाले उनलाई लात्ती र मुक्का प्रहार गर्ने सिन हुन्छ । त्यसपछि उनको रोल नै सकिन्छ । फिल्म ‘आज’ मा नायिका अनामिका पाल मुख्य भूमिकामा थिइन् । फिल्ममा उनीसँगै राज बब्बर, स्मिता पाटिल र कुमार गौरव पनि मुख्य भूमिकामा थिए ।

यस फिल्ममा अक्षय कुमारलाई कराते प्रशिक्षकको भूमिकामा देखाइएको थियो । अक्षयको भूमिका ७ सेकेन्डको मात्रै थियो, जसमा अनामिकाले अक्षयलाई निकै पिटिन् । चलचित्रको यो दृश्यको भिडियो अझै पनि युट्युबमा उपलब्ध छ । सन् १९९१ मा अक्षय कुमारलाई फिल्म ‘सौगन्ध’ बाट मुख्य अभिनेताको रुपमा लन्च गरिएको थियो । यो उनको डेब्यु फिल्म थिएन ।

यसअघि उनले सन् १९८७ मा ‘आज’ बाट बलिउडमा डेब्यु गरेका थिए । महेश भट्ट निर्देशित यो फिल्ममा अक्षय कुमारले आफ्नो वास्तविक नाम राजीव भाटियाको रुपमा डेब्यु गरेका थिए । अक्षयले फिल्ममा आफ्नो करियर सुरु गर्नु अघि मोडल कोर्डिनेटरको रुपमा काम गरिसकेका छन् ।