पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरेकी अभिनेत्री रीना रोयको यस्तो बिजोग

७० र ८० को दशककी बलिउडकी चर्चित अभिनेत्री रीना रोय यस युगको सबैभन्दा सुन्दर अभिनेत्री हुन् । उनले यस उद्योगलाई धेरै उत्कृष्ट फिल्म दिएकि छिन् । तर, उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा आएकी छिन् । पछिल्लो समय ६६ वर्षीया अभिनेत्रीको एउटा अन्तर्वार्ता मिडियामा भाइरल भइरहेको छ, जसमा उनले आफ्नो संघर्षको बारेमा बताएकी छिन् ।

हामी सबैलाई थाहा छ, रीनाले पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरेकी थिइन् । तर केही वर्षपछि जब दुबैजनाको सम्बन्धविच्छेद भयो, रीनाले छोरी सनमको लागि निकै संघर्ष गर्नुपर्यो । उनका अनुसार यसका लागि उनले धेरै सन्तसँग पनि सहयोग मागेकि थिईन् । वास्तवमा, रीना रोयले ८० को दशकमा पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरेर अभिनयबाट सन्यासको घोषणा गरेकि थिईन् ।

रीनाले अन्तर्वार्ताका क्रममा छोरी सनमको जन्मपछि मोहसिन र उनको वैवाहिक सम्बन्धमा दरार आएको बताइन् । रीना विवाहपछि मोहसिनको जीवनशैलीसँग मिलाउन सकिनन् । उनले मोहसिन लण्डन बसेर बेलायती नागरिकता लिन चाहेको बताए । तर उनी यसका लागि तयार थिइनन् ।

यसैमा मोहसिनले छोरीलाई लिएर गए, ताकि आफ्नी छोरीका लागि तृष्णा गर्ने आमाले उनलाई लन्डनमा पछ्याओस् र त्यहाँ बसोस् भन्ने थियो । पहिले रीनाकी छोरीको नाम जन्नत थियो तर भारत आएपछि उनको नाम सनम राखिएको थियो ।