धनगढी पुगेर पूर्वराजाले सोधे- के नयाँ नेपाल भनेको यही हो?

काठमाडौं, ८ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वलाई के नयाँ नेपाल भनेको यही हो भन्दै प्रश्न गरेका छन् ।सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् ।

‘के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?,’ उनको प्रश्न थियो ।