राप्रपा नेपालकाे केन्द्रिय समिती र जिल्ला अध्यक्षको संयुक्त बैठक आज

काठमाडौं, ९ जेठ । राप्रपा नेपाल केन्द्रिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बिस्तातित बैठक आज काठमाडौंमा बस्ने भएको छ ।बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा  ‘बर्तमान परिस्थिति एबं राप्रपा नेपालको बैचारिक ,सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ बिषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ ।

महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशबराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय , प्रशिक्षण ,संगठन र युबा स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानिय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बारेमा केन्द्रीय समितिमा छलफल हुने समेत जनाईएको छ ।

प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्नेछ । बैठकमा जनबर्गिय संगठन ,बिभाग र समितिहरुको ६ महिने कार्ययोजनाहरु पनि प्रस्तुत हुनेछ। बैठक भोलि सम्म चल्नेछ ।