कालिकोट : एकै विद्यालयका ३० विद्यार्थी धमाधम बेहोस भएपछि हप्ता दिनका लागि विद्यालय बन्द

कालिकोट – कालिकोटको तिला माध्यामिक बिद्यालयका ३० जना विद्यार्थी एकैपटक बेहोस भएका छन । सोमवार दिउसो पढिरहेकै बेला एकैपटक ३० जना बिद्यार्थी बेहोस भएका हुन् । एक दुई जना विद्यार्थी सुरुमा बेहोस भएको र त्यसपछि क्रमश अरु विद्यार्थी ढल्दै गएको विद्यालयका एक शिक्षकले बताए ।

विद्यार्थीलाई ओदा फण्डेसनले उपचार गरेको बताइएको छ । दश देखी १४ वर्ष उमेर समुहका विद्यार्थी एक दुई जना बाट सुरु भएको ओदा फाण्डेसन नेपालका टैक चौलगाईले बताए । उनिहरुको उपचार पछि सबै निको भएर घर फर्किसकेका छन् ।

गर्मिको समएमा देखिने मास हिस्टेरिया भएको जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक महतले बताए । जुन गर्मि समयमा देखिने रोग हो । अहिले बिद्यालयमा पठनपाठन एक हप्ताका लागी बन्द गरिएको बताइएको छ ।