सलमान खानको सुरक्षाकर्मीवाट बिक्कि कौशल माथी ‘असहज’ ब्याबहार

मुम्बई-आइफा अवार्ड २०२३ सुरु हुन लागेको छ । यस अवार्ड शोमा सहभागी हुन बलिउड स्टारहरु अबुधाबी जान थालेका छन् । यसैबीच अभिनेता विक्की कौशलले नराम्रो अनुभवको सामना गर्नुपरेको छ । यो नराम्रो अनुभव अरु कसैको कारणले नभई बलिउडका भाइजान अर्थात सलमान खानको सुरक्षाका कारण भोग्नुपरेको छ ।

वास्तवमा आइफा अवार्ड्स नाइटसँग सम्बन्धित एउटा भिडियो सोसल मिडियामा आएको छ । जसमा सलमान खानको सेक्युरिटीले विक्की कौशललाई साइडलाइन गरेको देखिन्छ ।

केही समययता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्की आएको छ । यस्तो अवस्थामा उनीहरुको सुरक्षा निकै बढाइएको छ । जो हर समय भाइजानको साथमा रहन्छ। भाइरल भिडियोमा विक्की कौशल आफ्ना फ्यानसँग सेल्फी खिचिरहेका छन् । त्यतिबेला सलमान खान आफ्नो पूर्ण सुरक्षाका साथ भित्रिन्छन् ।

विक्की कौशलले सुरक्षामा घेरिएका भाइजानसँग कुरा गर्ने र हात मिलाउने प्रयास गर्छन् । तर, सलमानको सुरक्षा गार्डले कट्रिना कैफका पतिलाई बेवास्ता गर्छन।

अहिले सामाजिक सञ्जालमा विक्की कौशल र सलमान खानका फ्यानहरूले यो भिडियोमा कमेन्ट गर्दै आफ्नो प्रतिक्रिया दिइरहेका छन् । विक्की कौशल सलमान खानको सबैभन्दा मिल्ने साथी कट्रिना कैफका पति हुन् ।

सलमान खान र कट्रिना कैफ फिल्म टाइगर ३ मा फेरि एकसाथ देखिने भएका छन् । यो चलचित्रको छायांकन अहिले धमाधम भैरहेको छ । अर्कोतर्फ, विक्की कौशल चाँडै नै अभिनेत्री सारा अली खानसँग फिल्म जरा हटके जरा बचकेमा देखिदै छन् ।