१३ वर्षपछि फिल्म ‘विस्फोट’मार्फत बलिउडमा कमब्याक गर्दे अभिनेता फरदिन खान

मुम्बई, १५ जेठ । अभिनेता फरदिन खान १३ वर्षपछि फिल्म ‘विस्फोट’मार्फत बलिउडमा कमब्याक गर्ने भएका छन् । उनले फिल्म ‘विस्फोट’मा आफूले अहिलेसम्म ननिभाएको चरित्र निभाउने बताए ।उनले हालै सामाजिक सञ्जालमा नयाँ फोटो पोस्ट गरेका थिए, जुन फोटो निकै भाइरल भएको थियो । उनले ‘आईफा अवार्ड २०२३’मा नयाँ फिल्मको बारेमा कुराकानी गरेका थिए ।

‘म विस्फोटलाई लिएर उत्साहित छु । मेरो मिल्ने साथी सञ्जय गुप्ता, जोसँग मैले यसअघि काम गरेको थिएँ, उसले फिल्म निर्माण गरिरहेको छ । कुकी गुलाटी, जसको निर्देशनमा मैले यसअघि एक विज्ञापनमा काम गरेको थिएँ, उसकै निर्देशनमा विस्फोट बन्नेछ’, उनले भनेका छन् ।

फिल्मको कथा फरदिनको चरित्र वरपर घुम्नेछ, जसले एक पाइलटका छोरालाई अपहरण गर्छन् । पाइलटको छोराको भूमिकामा रितेश देशमुख छन् । यो फिल्म भेनेजुएलाको फिल्म ‘रक ¥यापर सिजर्स’को हिन्दी रिमेक हो । फरदिन पछिल्लो पटक सन् २०१० मा रिलिज फिल्म ‘दुल्हा मिल गया है’मा देखिएका थिए ।