कालीकोट । ११ औँ अन्तराष्ट्रिय मानव बेचविखन विरूद्वको दिवस एउटै लक्ष्य एउटै सार मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने मुलनाराका साथ कालिकोटमा पनि भब्य रूपमा मनाइएको छ । सो अवसरमा कालीकोटमा डेढ सय बढी व्यक्त्हिरु सहभागी भएर र्यालीको समेत आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी सुभव बमले जानकारी दिए ।
बमका अनुसार र्याली जिरो पोइन्टदेखि प्रतिमाचोकसम्म पुगेको थियो । र्यालीमा १५० जना सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधी, स्थानिय जनप्रतिनिधी, सचांरकर्मी र सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले मानव बेचबिखन न्युनीकरणका लागि सबैले खेल्नु पर्ने भूमिकाका बारेमा महत्वपूर्ण जानकारी दिएका थिए ।
सो अवसरमा उनले मानव बचेबिखनमा जनप्रतिनिधी , संचारकर्मी, सुरक्षाकर्मीको भूमिकाका बारेमा प्रस्ट्याएका थिए । त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयका निमित्त जिल्ला न्यायधिवक्ता सिताराम रावतले यस्तो गम्भिर विषयमा उजुरी कसरी लिने, सुचना कसरी दिने, यस्तो अपराधमा संलग्नलाई के कस्तो सजाय हुन्छ भन्ने लगायतका विषयमा जानकारी दिएका थिए ।
