नागरिकले गरे स्वास्थ्यचौकीलाई १ लाख सहयोग

म्याग्दी । कति सरकारको मात्र मुख ताकेर बस्नु सरकारले गरेन भने आम नागरिक आफैले पनि केही गर्नु पर्छ भन्ने उदाहरण बनेका छन्- धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसी । जसले जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न रु एक लाख ११ हजार सहयोग गरेका छन् । केसीले मिलनचोक आमा समूहलाई समेत रु दश हजार सहयोग गर्नुभएको उहाँका छोरा शेरबहादुरले जानकारी दिनुभयो ।
वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ । भवन निर्माण गर्न रु बीस लाखमा दुई रोपनी जग्गा खरिद गरिएको छ ।