अरबले दियो अवैध विदेशीलार्इ स्वदेश फर्कन पाउने अवसर

काठमाडौ । विदेशमा कतिपय ठाउँहरूमा बाध्यात्मक परिस्थितिले गर्दा धेरै नेपाली युवाहरू अवैध रूपमा बसोबास गर्न बाध्य छन् । त्यस्तै अवैधरूपमा अरबमा बसोबास गर्दै आएका विदेशी नागरिकलाई घर फर्किन सजिलोका लागि अगस्ट १ बाट लागु हुने गरी युएई सरकारले आममाफी दिने भएको छ ।

३ महिनाका लागि यस्तो माफी दिन लागिएको समाचारस्रोतले मा जनाएको छ ।

नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

यो आममाफी लागू भएपछि लुकीछिपी युएइमा बसेका जुनसुकै देशका नागरिक पनि बिना सजाय र बिना जरिवाना स्वदेश फर्कन पाउने छन् ।

अरु देशसँगै नेपाली दूताबासले पनि गैरकानूनी रुपमा युएईमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रिया अपनाउन भनेको छ ।